+
+
Shares

गोविन्दा र पत्नी सुनिताबीच चलिरहेको डिभोर्सको चर्चा के हो ?

कृष्णले भने, ‘मामा र माइजुले सम्बन्धविच्छेद गर्दैनन् । उनीहरुबीच के भयो मलाई थाहा छैन । हुनसक्छ, दुईमध्ये कोही एकले भन्यो अनि त्यो कुरालाई बढाइयो । उनीहरु धेरै वर्षदेखि सँगै बस्दै आएका छन् । उनीहरुको सम्बन्धविच्छेद यसरी हुन्छ भन्ने मलाई लाग्दैन ।’

अनलाइनखबर अनलाइनखबर
२०८१ फागुन १४ गते १५:५०

काठमाडौं । बलिउड अभिनेता गोविन्दा र उनकी श्रीमती सुनिता आहुजाको सम्बन्धविच्छेद हुन सक्ने भारतीय संचारमाध्यमले जनाएका छन् । मिडिया रिपोर्टका अनुसार ६१ वर्षीय गोविन्दाको ३० वर्षीय मराठी अभिनेत्रीसँग अफेयर चलिरहेको भनिएको छ ।

जसले पत्नी आहुजा विवाहको ३७ वर्षपछि सम्बन्धविच्छेद गर्न चाहन्छिन् । दुवैले यस विषयमा कुनै प्रतिक्रिया दिएका छैनन् ।

गोविन्दाका भतिजा तथा हास्य कलाकार कृष्णा अभिषेकले दैनिक भास्करसँग कुरा गर्दै डिभोर्स सम्भव नभएको बताए । ‘उनीहरु दुबै एकअर्कालाई असाध्यै माया गर्छन् । जे होस्, उनीहरूले आपसमा मिलेर समाधान गर्नेछन्’ उनले भने ।

कृष्णा अभिषेकले भने- मामा र माइजुले सम्बन्धविच्छेद गर्दैनन्

कृष्णले भने, ‘मामा र माइजुले सम्बन्धविच्छेद गर्दैनन् । उनीहरुबीच के भयो मलाई थाहा छैन । हुनसक्छ, दुईमध्ये कोही एकले भन्यो अनि त्यो कुरालाई बढाइयो । उनीहरु धेरै वर्षदेखि सँगै बस्दै आएका छन् । उनीहरुको सम्बन्धविच्छेद यसरी हुन्छ भन्ने मलाई लाग्दैन ।’

सुनिताले भनिन्- गोविन्दा र म छुट्टाछुट्टै घरमा बस्छौं

सुनिताले केही समयअघि आफू र गोविन्दा सँगै नबस्ने खुलासा गरेकी थिइन् । उनले भनेकी थिइन्– हाम्रो दुईवटा घर छ । म एउटा फ्ल्याटमा छोराछोरीसँग बस्छु, गोविन्दा अर्को फ्ल्याटमा बस्छन् । गोविन्दा कामको सिलसिलामा राति ढिलो घर आउँछन् । जसका कारण हामी सँगै बस्दैनौं ।’ सुनिताले युट्युब च्यानल हिन्दी रशलाई अन्तर्वार्ता दिँदै यी कुरा भनेकी थिइन् ।

डिभोर्स भएमा यसलाई ‘ग्रे डिभोर्स’ भनिनेछ

जुम टिभीको रिपोर्ट अनुसार, यदि गोविन्दा र सुनिताको ब्रेकअप भयो भने यसलाई ग्रे डिभोर्स भनिन्छ । विवाहको २५ देखि ४० वर्षसम्म सँगै बसेपछि जब जोडीको सम्बन्ध विच्छेद हुन्छ, त्यसलाई ‘ग्रे डिभोर्स’ भनिन्छ । यसलाई ‘सिल्भर स्प्लिटर्स’ पनि भनिन्छ । अमेरिका र युरोपमा यो शब्दको प्रचलन बढेपनि अहिले भारतमा पनि यसको चर्चा बढ्दै गएको छ ।

सुनिताले गोविन्दालाई बहिनीको विवाहमा भेटेकी थिइन्

सुनिताले आफ्नी बहिनीको विवाह गोविन्दाका मामासँग भएको र त्यही विवाहमा उनले पहिलो पटक गोविन्दालाई देखेको बताएकी थिइन् । त्यतिबेला उनी ९ कक्षामा थिइन् र गोविन्दा गत वर्ष बी कममा अध्ययनरत थिए ।

सुनिताले भनिन्, ‘मेरो जेठाजु आनन्दले भनेका थिए कि गोविन्दा एकदमै साधारण मानिस हुन्, जो आफ्नी आमालाई धेरै माया गर्छन् । भाउजुले पनि गोविन्दालाई कुनै केटीले इम्प्रेस गर्न नसक्ने बताएकी थिइन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?