+
+
Shares

हमासले चार शव जिम्मा लगाएपछि ‌इजरायलले छाड्यो प्यालेस्टिनी कैदी

अनलाइनखबर अनलाइनखबर
२०८१ फागुन १५ गते १०:४८

१५ फागुन, काठमाडौं । हमासले शव हस्तान्तरण गरेपछि इजरायलले प्यालेस्टिनी कैदीहरुलाई मुक्त गर्न सुरु गरेको छ ।

वेस्ट बैंकबाट प्यालेस्टिनीहरु मुक्त गरिँदा उनीहरुका आफन्तहरुले खुसियाली मनाएको देखिन्छ ।

युद्धको क्रममा मारिएका ४ इजरायलीको शव हमासले हस्तान्तरण गर्ने र त्यसको बदलामा ६ सय २५ प्यालेस्टिनीलाई इजरायलले मुक्त गर्ने सहमति भएको थियो ।

इजरायलले मुक्त गरेका प्यालेस्टिनीहरुलाई भेट्नेहरुको ठूलो भिड जम्मा भएको देखिन्छ । तर मुक्त भएकाहरु कोको हुन् र कहिलेसम्म कति जना प्यालेस्टिनी मुक्त भए भन्ने खुलिसकेको छैन ।

बीबीसीका अनुसार इजरायली अधिकारीहरुले वेस्ट बैंकको रामाल्लाह कल्चरल प्यालेसबाट प्यालेस्टिनीहरुलाई मुक्त गरेका छन् । उनीहरुलाई रेडक्रसले बसमा राखेर घरसम्म पुर्‍याउने व्यवस्था मिलाएको छ ।

हमासले युद्धमा मारिएका चार जनाको शव पनि रेडक्रसलाई जिम्मा लगाएको थियो ।  उनीहरु ४९ देखि ८५ वर्ष उमेर समूहका छन् ।

इजरायल र हमासबीच सन् २०२५ को जनवरी १५ मा युद्धविराम सहमति भएको थियो । युद्धविराम कार्यान्वयन भने जनवरी १९ देखि भएको थियो ।

युद्धविरामका तीन चरण अन्तर्गत पहिलो चरणमा बन्दीहरु रिहाइको काम भइरहेको छ । पहिलो चरण १ मार्चमा समाप्त हुने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

छुटाउनुभयो कि ?