+

च्याम्पियन्स ट्रफी क्रिकेट : पाकिस्तान र बंगलादेश सान्त्वना जितको खोजीमा

२०८१ फागुन  १५ गते १३:१३ २०८१ फागुन १५ गते १३:१३
च्याम्पियन्स ट्रफी क्रिकेट : पाकिस्तान र बंगलादेश सान्त्वना जितको खोजीमा

१५ फागुन, काठमाडौं । पाकिस्तामा जारी नवौं संस्करणको आईसीसी च्याम्पियन्स ट्रफी क्रिकेटमा आज समूह ए अन्तर्गत पाकिस्तान र बंगलादेशबीच खेल हुँदैछ ।

रावलपिण्डीस्थित रावलपिण्डी क्रिकेट स्टेडियममा दिउँसो पौने ३ बजेदेखि खेल सुरु हुनेछ । दुवै टोली यसअघि नै प्रतियोगिताबाट बाहिरिसकेकाले अब सान्त्वना जितको खोजीमा हुनेछन् ।

दुवै टोली भारत र न्युजिल्याण्डसँग पराजित भइसकेका छन् । यी नतिजासँगै समूह ए बाट भारत र न्युजिल्याण्ड सेमिफाइनलमा प्रवेश गरिसकेका छन् । समूहविजेताको टुंगो लाग्न बाँकी छ ।

पछिल्लोपटक सन् २०१७ को च्याम्पियन्स ट्रफी फाइनलमा भारतलाई हराएर उपाधि जितेको पाकिस्तानले उपाधि रक्षाको बाटो खोल्नै सकेन ।

मार्च ९ सम्म चल्ने प्रतियोगितामा ८ टोलीको सहभागिता छ । ८ टोलीहरूलाई दुई समूहमा विभाजित गरिएको छ ।

समूह ए मा भारत, पाकिस्तान, न्युजिल्याण्ड र बंगलादेश रहेका छन् भने समूह बी मा अस्ट्रेलिया, दक्षिण अफ्रिका, इंग्ल्याण्ड र अफगानिस्तान रहेका छन् ।

हरेक समूहबाट सिंगल राउण्ड रोबिनका खेलपछि शीर्ष दुई टोलीहरू सेमिफाइनलमा प्रवेश गर्ने प्रावधान छ ।

आईसीसी च्याम्पियन्स ट्रफी
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय