+
+
Shares

विपद्‌मा परेकाको हवाई उद्धार भाडा विपद् कोषबाट भुक्तानी हुने

विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको २९औं बैठकले यस्तो निर्णय गरेको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८१ फागुन १५ गते १३:४३

१५ फागुन, काठमाडौं। विपद्मा परेकाहरूको हवाई उद्धारमा लागेको भाडा विपद् कोषबाट भुक्तानी हुने भएको छ ।

विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको २९औं बैठकले यस्तो निर्णय गरेको हो ।

विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार आजको बैठकले पश्चिम नेपालमा गएको भूकम्पबाट क्षति पुगेका निजी आवासको विस्तृत क्षति आकलन र पुनर्लाभ कार्यक्रमका लागि थप जनशक्ति तथा कार्यालय व्यवस्थापनका लागि आवश्यक बजेट समेत स्वीकृत गरेको छ ।

बैठकले विपद् स्वयंसेवक परिचालन तालिम पाठ्यक्रम २०८१ समेत स्वीकृत गरेको छ। बैठक गृहमन्त्री रमेश लेखकको अध्यक्षतामा बसेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?