+

दशौँ राष्ट्रिय खेलकुद फेरि सर्‍यो

२०८१ फागुन  १५ गते १८:४२ २०८१ फागुन १५ गते १८:४२

‘राष्ट्रिय खेलकुद परिषद्को बोर्ड बैठकबाट २०८२ साल जेठ ३ देखि १० गतेसम्म हुने निर्णय गरेका हौं। अब यही मिति हुन्छ दशौँ राष्ट्रिय खेलकुद।  तपाई ढुक्क हुनुस्।’ खेलकुदमन्त्री तेजुलाला चौधरीले भने ।

दशौँ राष्ट्रिय खेलकुद फेरि सर्‍यो

१५ फागुन, काठमाडौं । १०औं राष्ट्रिय खेलकुद प्रतियोगिताको आयोजना मिति फेरि सरेको छ ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप)को बिहीबार बसेको बोर्ड बैठकले दशौँ राष्ट्रियको नयाँ मिति तोकेको हो ।

नयाँ मिति अनुसार दशौँ राष्ट्रिय खेलकुद २०८२ साल जेठ ३ देखि १० गतेसम्म हुने निर्णय भएको युवा तथा खेलकुदमन्त्री तेजलाल चौधरीले बताए ।

उनले अनलाइनखबरसँग भने ‘ राष्ट्रिय खेलकुद परिषद्को बोर्ड बैठकबाट २०८२ साल जेठ ३ देखि १० गतेसम्म हुने निर्णय गरेका हौं। अब यही मिति हुन्छ दशौँ राष्ट्रिय खेलकुद।  तपाई ढुक्क हुनुस्।’

यसअघि कर्णाली प्रदेशमा आयोजना हुने दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको लोगो र मस्कट माघ ३ गते पारित भएको गरिएको थियो ।

त्यतिबेला कर्णाली प्रदेशमा आयोजना हुने उक्त प्रतियोगिता आगामी चैतमा हुने तय भएको थियो ।

दशौँ राष्ट्रिय खेलकुद राष्ट्रिय खेलकुद परिषद्
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय