+
+
Shares

भीरबाट लडेर भुम्लुका एक जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८१ फागुन १५ गते १९:५०

१५ फागुन, काभ्रे । काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–१ सापिङमा भीरबाट लडेर श्रीकृष्ण गिरीको मृत्यु भएको छ ।

बिहीबार दिउँसो करिब १:२० बजे आङ्गे खोल्सामा गिरी मृत अवस्थामा फेला परेको प्रहरी चौकी दोलालघाटले जनाएको छ ।

अनुसन्धानका क्रममा गिरी करिब ३५–४० मिटर अग्लो भीरबाट लडेर आङ्गे खोल्सामा खसेको पुष्टि भएको प्रहरीले जनाएको छ ।

उनको टाउको र शरीरका विभिन्न भागमा गम्भीर चोट लागेको छ । मृत्युको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?