१५ फागुन, काठमाडौं । उज्वेकिस्तानका अजामात अब्दुलेभले झापा एफसीबाट तेस्रो संस्करणको नेपाल सुपर लिग (एनएसएल) २०२५ खेल्ने भएका छन् ।
सेन्टर ब्याक पोजिसनमा खेल्ने अजामातले यसअघि उज्वेकिस्तानको यू१९, यू२० र यू२३ उमेर समूहबाट खेलिसकेका छन् ।
यसअघि झापाले प्रशान्त लक्षमलाई बी क्याटेगोरीबाट तथा छिरिङ लामालाई ए क्याटेगोरीबाट रिटेन गरेको छ ।
त्यसैगरी झापाले प्रवेश कटुवाललाई मुख्य प्रशिक्षकका रूपमा पनि नियुक्त गरिसकेको छ ।
तेस्रो संस्करणको एनएसएल फुटबल आगामी चैतमा हुँदैछ । सात टिमले प्रतिस्पर्धा गर्दैछन् ।
प्रतिक्रिया 4