१५ फागुन, काठमाडौं । रुपन्देहीको तिलोत्तमास्थित एक्स्ट्राटेक ओभल क्रिकेट स्टेडियममा जडान सम्पन्न भएको पाँचवटा फ्लड लाइटको चेकिङको काम सकिएको छ । स्टेडियमका प्रबन्ध निर्देशक विनोद कुँवरले फ्लडलाइटको चेकिङ भएको र अब चेकिङ बाँकी रहेको जनाएका हुन् ।
चेकिङ र टेस्टिङको फरक अर्थ रहेको पनि उनले स्पष्ट पारे । चेकिङ भन्नाले प्राविधिक पक्षहरूको बारेमा परीक्षण गरिने भन्ने बुझिन्छ । चेकिङकै लागि फ्लडलाटहरू बालिएको थियो भने अब विभिन्न प्राविधिक पक्षहरू सुधार गरेपछि केही दिनमा टेस्टिङ सकिने कुँवरले जनाए ।
खेलाडीहरूदेखि अम्पायर र क्यानाका पदाधिकारी, आईसीसिका पदाधिकारीहरू र क्यामेराम्यानहरू पनि बोलाएर टेस्टका विभिन्न प्रक्रियाहरू गरिनेछ ।
नेपालमै पहिलो पटक रातको समयमा पनि प्रतियोगिता सञ्चालन गर्ने गरी करिब ७ करोड लागतमा ५ वटा फ्लड लाइट जडान गरिएको हो ।
नेपालको कुनैपनि क्रिकेट मैदानमा फ्लड लाइट हालिएको यो पहिलोपटक हो । २०८० साल जेठ २९ गते शिलान्यास भई ०८० फागुनमै खेल्न योग्य मैदान तयार भएर फागुन २८ मा मैदानको उद्घाटनसहित लिजेण्ड्स कप क्रिकेट प्रतियोगिता आयोजना भएको थियो ।
थप जानकारी भिडियोमा :
प्रतिक्रिया 4