+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

देउवाले बोलाए शीर्ष नेताको बैठक, अध्यादेश र भ्रातृसंस्थाको अधिवेशन मुख्य एजेण्डा

अनलाइनखबर अनलाइनखबर
२०८१ फागुन १६ गते ११:१०

१६ फागुन, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले शीर्ष नेताको बैठक बोलाएका छन् । शुक्रबार अपराह्न ४ बजे सभापति देउवा निवास बुढानीलकण्ठमा बैठक बस्ने भएको छ ।

पदाधिकारी र पूर्वपदाधिकारीका लागि बैठकका लागि बोलाइएको छ ।

बैठकमा संसदमा पेश भएका विधेयकहरुलाई छिटो प्रक्रियामा लाने विषयमा छलफल हुने मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी गराए ।

बैठकका थप एजेण्डामा भ्रातृ संस्थाहरुको अधिवेशन समेत छ । कांग्रेसले चैत महिनाभित्र अधिवेशन गराउन सबै तदर्थ समितिमा रहेका भ्रातृ संस्थालाई निर्देशन दिएको छ ।

‘संसदमा पेश भएका विधेयकलाई समयमै पारित गराउन कांग्रेसले सक्रियता लिने बारेमा छलफल हुन्छ । पार्टीको सांगठनिक सुदृढीकरण छलफलको एजेण्डा छ,’ मुख्य सचिव पौडेलले अनलाइनखबरसँग भने, ‘भ्रातृ संस्थाको अधिवेशन समयमै गराउन छलफल हुन्छ ।’

शीर्ष नेताको बैठकमा जारी भएका अध्यादेश पारित गराउने बारेमा पनि छलफल हुने जनाइएको छ । सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले जारी गरेका ६ अध्यादेशलाई संसदको प्रक्रियामा लगिएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?