
१६ फागुन, दार्चुला। महाकाली नगरपालिका–५ किम्तडीमा सुक्खा पहिरो खस्दा महाकाली लोकमार्ग अवरुद्ध भएको छ ।
सुक्खा पहिरो खसेपछि आज बिहानदेखि यातायात सेवा ठप्प भएको प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशीले जानकारी दिए ।
सडक अवरुद्ध हुँदा बिहानैदेखि तराइबाट जिल्ला सदरमुकामका लागी छुटेका तथा जिल्लाबाट बाहिरिने सवारीसाधन बाटोमै थन्किएका छन्।
यात्रु बाटोमै अलपत्र परेका महाकाली काउन्टर दार्चुलाका लवराज अवस्थीले जानकारी दिए ।
सोही ठाउँमा गत माघ दोस्रो साता पनि पहिरो गएको थियो। उक्त ठाउँमा केही समयअघि सडक मर्मत सम्भार गरिएको थियो ।
लेखकको बारेमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4