मुखको ब्याक्टेरियाले मस्तिष्कमा हुने समस्या अल्जाइमरबाट बचाउन सक्छन् । यस्तै, दावी गर्छन, विज्ञ ।
अल्जाइमर रोग एक ‘न्यूरोडिजेनेरेटिभ’अवस्था हो। जसमा मस्तिष्कका कोषिकाहरुमा ह्रास हुन थाल्छन् । यसले स्मृति, सोच्ने क्षमता र दैनिक क्रियाकलापहरूमा कठिनाइ ल्याउँछ।
एक्सेस्टर विश्वविद्यालयका विज्ञका अनुसार मानिसको मुखमा यस्ता केही ब्याक्टेरिया छन् जो बढ्दो उमेरसँगै मस्तिष्कमा भईरहेको परिवर्तनको कारक बन्न सक्छन् ।
अध्ययनकर्ता डा. जोआना एल ह्युरेक्स भन्छिन्, ‘एक्सेस्टर विश्वविद्यालयले गरेको एक शोधका क्रममा यस्तो प्रकारका ब्याक्टेरिया पत्ता लागेका छन्, जसको सम्बन्ध उत्कृष्ट स्मरणशक्ति र चेतनासँग रहन्छ, जबकि धेरै अरु ब्याक्टेरियाहरु कमजोर मस्तिष्क तथा अल्जाइमर रोगसँग सम्बन्धित हुन्छन् । अल्जाइमर जिनका बारेमा तपाई यसको समस्याबाट ग्रसित हुनु वा त्यसको जाँचका लागि डाक्टरसँग जानुअघि नै बताउन सक्छौँ ।’
हाल यो अध्ययन सुरुवाती चरणमा छ । तर, यस अध्ययनको नेतृत्व गर्ने अनुसन्धानकर्ताहरु अर्को अनुसन्धानमा लागेका छन् । उनीहरु नाइट्रेडले भरिएका कुनै हरियो सागपात जस्ता स्वस्थ खानेकुराबाट ब्याक्टेरियाको संख्या बढाएर मस्तिष्कको स्वास्थ्यलाई प्रभावित गराउन सक्ने सम्भावना बारे खोज गरिरहेका छन् ।
नाइट्रेट किन ?
यस खोजकी सह-लेखिका प्राध्यापक एन कार्बेट भन्छिन्,’हाम्रो खोजमूलक अध्ययनको अर्थ निकै नै गहन छ । केही ब्याक्टेरियाहरु मस्तिष्कजन्य काममा सहायक हुन्छन्, केही चाहि हुँदैनन् । यस्तोमा उपचारमा मस्तिष्कजन्य काममा सहायक हुने ब्याक्टेरियामा परिवर्तन गरी मुखबाटै डिमेन्सियालाई पनि रोक्न सकिन्छ । खानपानमा परिवर्तन, प्रोबायोटिक्स, मुखको स्वास्थ्य तथा लक्षित उपचारका माध्यमबाट यो सम्भव हुनसक्छ ।’
यस खोजमा ५० वर्षभन्दा धेरै उमेर समूहका १ सय १५ जना मानिसहरुलाई सहभागी बनाइएको थियो । उनीहरुको मस्तिष्कको अवस्थाको परीक्षण पहिले नै एउटा अर्को परियोजनाका लागि गरिएको थियो ।
शोधकर्ताहरुले उनीहरुलाई दुई समूहमा विभाजन गरेका थिए । एउटा समूहमा त्यस्ता मानिसहरुलाई राखियो जसमा कुनै मस्तिष्कजन्य समस्या थिएन । जबकि दोश्रो समूहमा चाहीँ मस्तिष्क सम्बन्धी हल्का समस्या भएकाहरुलाई सामेल गरियो ।
दुवै समूहका मानिसहरुलाई मुख कुल्ला गर्न लगाएर त्यसको नमूना संकलन गरियो र त्यसमा प्राप्त ब्याक्टेरियाको अध्ययन गरियो ।
विश्वविद्यालयका अनुसार मुखमा नाइसिरिया तथा हेमोफिलस समूहका ब्याक्टेरिया धेरै संख्यामा रहेका व्यक्तिहरुमा स्मरणशक्ति, सतर्कता तथा जटिल कार्यहरु गर्ने क्षमता अब्बल रहेको पाइयो ।
त्यस्तै, स्मरणशक्ति कम हुने समस्या रहेका मानिसहरुमा पोर्फिरोमोनस ब्याक्टेरियाको संख्या अधिक पाइयो । प्रिवोटेला समूहका ब्याक्टेरियाहरु कम नाइट्रेटसँग सम्बन्धित हुन्छन् । अल्जाइमर रोगबाट पीडित मानिसहरुमा यो सामान्य रुपमा पाइन्छ ।
अल्जाइमरबाट बचाउन सक्ने खानेकुरा
डा. एल ह्युरेक्स भन्छिन्, ‘अल्जाइमरबाट बच्न दैनिक हामी मानिसहरुलाई चुकन्दर, पालुंगो, हरिया सागसब्जी तथा पर्याप्त सलाद खान र अल्कोहल तथा अधिक चिनीयुक्त खानेकुरा कम खान सल्लाह दिन्छौँ ।’
हरिया सागसब्जीहरु नाइट्रेटको सबैभन्दा ठूलो प्राकृतिक श्रोत हो ।
शोधकर्ता तथा प्राध्यापक एनी वानहातालो भन्छिन्, ‘भविष्यमा जब कुनै बिरामी चिकित्सकको परामर्शका लागि आयो भने उसको मुखबाट नमूना लिन सकिनेछ । ताकि, त्यसको परीक्षण गरेर उसलाई डिमेन्सिया तथा अल्जाइमरको जोखिम रहे नरहेको पत्ता लगान सकिन्छ।’
-बीबीसीबाट
प्रतिक्रिया 4