+

संकटालाई हराउँदै आर्मी केपी ओली कपको फाइनलमा

२०८१ फागुन  १६ गते २०:०५ २०८१ फागुन १६ गते २०:०५
संकटालाई हराउँदै आर्मी केपी ओली कपको फाइनलमा

१६ फागुन, काठमाडौं । त्रिभुवन आर्मी क्लब जारी केपी ओली कप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । दशरथ रंगशालामा शुक्रबार भएको पहिलो सेमिफाइनलमा संकटा क्लबलाई २–१ गोलले पराजित गर्दै आर्मीले फाइनलमा स्थान सुरक्षित गरेको हो ।

आर्मीको जितमा नवयुग श्रेष्ठ र दिनेश हेम्जनले एक-एक गोल गरे । नवयुगले खेलको सातौं मिनेटमा गोल गर्दै आर्मीलाई पहिलो अग्रता दिलाएका थिए । खेलको ६५औं मिनेटमा दिनेशले गोल गर्दै आर्मीको अग्रता दोब्बर बनाए । संकटाका विसन गुरुङले इन्जुरी समयमा सान्त्वना गोल फर्काए।

प्रतियोगिताको दोस्रो सेमिफाइनलमा शनिबार आयोजक केपी एफसी र मछिन्द्र एफसीबिच प्रतिष्पर्धा हुनेछ । फाइनल खेल फागुन १९ गते हुनेछ ।

राष्ट्रिय युवा संघ नेपालको आयोजनामा जारी प्रतियोगितामा ९ टोलीले सहभागिता जनाएका थिए । प्रतियोगिताको विजेताले १५ लाख ११ हजार ११ हजार १११ र उपविजेताले ५ लाख रुपैयाँ पाउनेछन् ।

फाइनल खेलमा अवलोकन गर्न इटालीलाई विश्वकप जिताएका गोलकिपर जियानलुजी बुफोन पनि नेपाल आउँदै छन् ।

केपी ओली कप

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय