+
+
Shares

प्रधानमन्त्रीलाई सम्बोधन गर्दै बालेनले भने- ‘मलाई हराउने ताकमा देश नडुबाउनुस्’

अनलाइनखबर अनलाइनखबर
२०८१ फागुन १६ गते २२:१०

१६ फागुन, काठमाडौं। काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले संघीय सरकारले भोको पेट मारेर आफू हराउन खोजेकाे आरोप लगाएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीलाई सम्बोधन गर्दै बालेनले सामाजिक सञ्जालमा पोस्ट राख्दै युस्तो आरोप लगाएका हुन् । उनले आफूहरू मदन भण्डारीकै सपना पूरा गर्न हिंडेको मान्छे रहेको बताएका छन् ।

उनले भनेका छन्, ‘ प्रधानमन्त्रीज्यु ,भोको पेट मारेर मलाई हराउन खोज्नु भाकोछ,हामी त तपाईंकै मदन भण्डारीको सपना पुरा गर्न हिडेको मन्छे !’

मेयर शाहले प्रधानमन्त्री ओलीलाई आफुलाई हराउने दाउमा देशलाई नडुबाउन सुझाव दिएका छन् ।

‘मलाई हराउने ताकमा , देशलाई चै नडुबाउनु होला !!’ उनले भनेका छन् ।

संघीय सरकारले काठमाडौैं महानगरपालिकालाई प्रमुख प्रशासकीय अधिकृत नपठाउँदा महानगरको विकासको काम रोकिएको छ ।

यता, स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत पठाउने, सरुवा गर्ने जिम्मेवारी पाएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले भने महानगरमा अहिलेसम्म औपचारिक रूपमा  प्रमुख प्रशासकीय अधिकृत पठाउनुपर्ने नदेखिएको बताउँदै आएको छ ।

आर्थिक अधिकार संघीय सरकारले पठाएका अधिकारीलाई मात्र हुने प्रावधान हुँदा महानगरमा निमित्त जिम्मेवारी पाएर पनि चलाउन नसक्ने महानगरले जनाएको छ ।

काठमाडौं महानगर प्रशासन विभाग प्रमुख ध्रुवकुमार काफ्ले  आर्थिक अधिकार रोकिएको बताएका छन् ।

मेयर बालेनको सचिवालयले भने संघ सरकारले तत्काल महानगरमा प्रशासकीय प्रमुखका रूपमा सहसचिव खटाउनुपर्ने माग गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?