+
+
Shares

आउँदैछ सौर्यऊर्जाबाट चल्ने विश्वकै पहिलो ल्यापटप

अनलाइनखबर अनलाइनखबर
२०८१ फागुन १७ गते १४:३२

मोबाइल फोन क्षेत्रको महाकुम्भ मानिने मोबाइल वर्ल्ड कंग्रेसको सन् २०२५ को संस्करण मार्च ३ मा सुरु हुँदैछ । मोबाइल वर्ल्ड कंग्रेस हरेक वर्ष स्पेनको बार्सिलोनामा आयोजना गरिन्छ । यस क्रममा विश्वभरका प्रविधि कम्पनीहरुले आ-आफ्ना स्टल राखेर आफ्ना नवीनतम तथा आसन्न अत्याधुनिक प्रविधिका साथै नयाँ स्मार्टफोन र यसका अवधारणाहरु समेत सार्वजनिक गर्दछन् ।

तीन दिनसम्म चल्ने यो पटकको विश्व मोबाइल सम्मेलनमा प्रसिद्ध कम्प्युटर निर्माता कम्पनी लेनोभोले एउटा उल्लेखनीय तथा नौलो प्रडक्ट सार्वजनिक गर्दैछ ।

समाचार अनुसार मोबाइल वर्ल्ड कंग्रेस २०२५ मा लेनोभोले विश्वकै पहिलो सोलार पावरयुत्त ल्यापटप सार्वजनिक गर्ने योजना बनाएको छ ।

चर्चित टिपस्टर इभान ब्लासले सोसल मिडिया प्लाटफर्म एक्समा एक पोस्ट गर्दै यसपटकको मोबाइल वर्ल्ड कंग्रेसमा केही विशेष आकर्षण लन्च हुने र त्यसमा लेनोभोले पनि आफ्नो लन्चिंग गर्न गइरहेको उल्लेख गरेका छन् । उनका अनुसार लेनोभोले यसपटक सौर्यउर्जाबाट चल्ने ल्यापटप सार्वजनिक गर्न सक्छ ।

ल्यापटपमै सोलार प्यानल

सोलार पावरउक्त उक्त ल्यापटपको माथि केही संख्यामा सोलार प्यानलहरुको प्रयोग गरिएको हुनेछ । यसलाई यस्तो प्रकारले डिजाइन गरिएको छ कि यसको सहयोगबाट ल्यापटप बन्द भएको बेलामा पनि यो चार्ज भैरहनेछ । यद्यपि अहिलेसम्म यसका विषयमा निकै सीमित मात्रै जानकारी उपलब्ध छ ।

इभानले उक्त ल्यापटपका केही तस्वीर पनि शेयर गरेका छन् । त्यहाँ प्रष्ट रुपमा सोलार पावर भन्ने शब्दहरू लेखिएको छ । तस्वीरमा ल्यापटपको माथिल्लो मागमा सोलार सेल्स देखिन्छन्, जसले ल्याप्टपको ब्याट्री चार्ज गर्नेछन् ।

यस पटकको सम्मेलनमा के के देखिनेछ ?

मोबाइल वर्ल्ड कंग्रेस २०२५ मा यस पटक Nothing phone 3a सिरिज सार्वजनिक हुने बताइएको छ । त्यसैगरी सामसुंग र रियाल्मीले पनि आफ्ना नयाँ डिभाइस लन्च गर्न सक्नेछन् । यसपटकको मोबाइल मेलामा तीनपटक पट्याउने मिल्ने अर्थात् ट्राइफोल्ड स्मार्टफोन पनि सार्वजनिक हुनसक्ने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?