+

केभिआर स्टेज रेस च्यालेन्जमा लोकेन्द्र राई र सोनिमा शेर्पा विजेता

२०८१ फागुन  १७ गते २१:२० २०८१ फागुन १७ गते २१:२०
केभिआर स्टेज रेस च्यालेन्जमा लोकेन्द्र राई र सोनिमा शेर्पा विजेता

१७ फागुन, काठमाडौं । ट्रायलमान्डुको आयोजनामा शनिबार भएको नेपालको पहिलो एक सय माइलको केभिआर स्टेज रेस च्यालेन्जको पाँचौं चरणमा पुरूषतर्फ लोकेन्द्र राई र महिलातर्फ सोनिमा शेर्पा पहिलो भएका छन् ।

फर्पिङमा सुरु भएर सिङ्गल ट्रीमा सम्पन्न भएको ३२ किमी दौडअन्तर्गत पुरूषमा लोकेन्द्र राईले निर्धारित दुरी तीन घन्टा ४६ मिनेट ४४ सकेन्डमा पूरा गरे ।

प्रविन ताम्लिङ तीन घन्टा ५७ मिनेट ४० सकेन्ड समय लगाएर उपविजेता र रामचन्द्र महतारा चार घन्टा ०८ मिनेटमा दौड पुरा गरेर तेस्रो स्थानमा रहे ।

महिलातर्फ च्याम्पियन बनेकी सोनिमा शेर्पाले पाँच घन्टा ०३ मिनेट ४० सेकेन्डमा दौड पूरा गरिन् । यसैगरी उपविजेतामा चित्त बुझाएकी एनी माइ बानले पाच घन्टा २२ मिनेट ०८ सकेन्ड समय लगाइन् । अनिशा गुरुङले पाँच घन्टा ५१ मिनेट ४४ सकेन्ड समय लगाएर तेस्रो स्थान हासिल गरिन् ।

सो स्टेज रेस च्यालेन्सको पाँचौं चरणमा २० विदेशीसहित कूल ५६ जनाको सहभागिता रहेको थियो । मञ्जुश्री ट्रेल रेस आगामी चैत १ देखि ३ गते सम्म हुने आयोजक ट्रायलमान्डुले जनाएको छ।

केभिआर स्टेज रेस च्यालेन्ज

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय