+

आर्मी र बागमती आईटीएफ तेक्वान्दो च्याम्पियन

२०८१ फागुन  १७ गते २२:०५ २०८१ फागुन १७ गते २२:०५
आर्मी र बागमती आईटीएफ तेक्वान्दो च्याम्पियन

१७ फागुन, काठमाडौं ।  नेपाल आर्मी २४औं आईटीएफ तेक्वान्दो राष्ट्रिय प्रतियोगिता तथा बागमती प्रदेश प्रथम यू–१५ राष्ट्रिय विद्यालय आईटीएफ तेक्वान्दो प्रतियोगितामा शनिबार टिम च्याम्पियन बनेका छन् ।

नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघ (एनआईटीएफ) को आयोजनामा भएको प्रतियोगिताको राष्ट्रियमा आर्मीले १३ स्वर्ण, ७ रजत र ५ कास्य जित्यो । दोस्रो भएको लुम्बिनी प्रदेशले ५ स्वर्ण, ६ रजत र ३ कांस्य हात पार्‍यो ।

३ स्वर्ण, ५ रजत र ७ कांस्यसाथ बागमती प्रदेश तेस्रो स्थानमा रह्यो । पुरूषमा आर्मीका भीमबहादुर तामाङ तथा महिलामा गण्डकी प्रदेशकी सुस्मिता थापा मगर उत्कृष्ट खेलाडी घोषित भए ।

यू–१५ मा च्याम्पियन बनेको बागमतीले ५ स्वर्ण, ३ रजत र ७ कास्य हात पार्‍यो । ३ स्वर्ण, ५ रजत र ४ कांस्यसाथ गण्डकी दोश्रो तथा २ स्वर्ण, ३ रजत र ४ कास्यका साथ एपीएफ तेस्रो बने । यू–१५ को पुरुषमा सुदूरपश्चिम प्रदेशका भुपेश नाथ तथा महिलाा गण्डकीकी सन्ध्या खत्री उत्कृष्ट चुनिए ।

आईटीएफ तेक्वान्दो

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय