+

दीपेन्द्र र दुई कुशल चम्किँदा नमुना ब्लास्टर्सले जित्यो कोशी प्रिमियर लिगको उपाधि

२०८१ फागुन  १७ गते २२:१४ २०८१ फागुन १७ गते २२:१४
दीपेन्द्र र दुई कुशल चम्किँदा नमुना ब्लास्टर्सले जित्यो कोशी प्रिमियर लिगको उपाधि

१७ फागुन, काठमाडौं । सुनसरीमा सम्पन्न कोशी प्रिमियर लिग क्रिकेट प्रतियोगिताको उपाधि नमुना ब्लास्टर्सले जितेको छ ।

शनिबार सम्पन्न फाइनलमा भोक्राह नरसिंह अर्नाजलाई ३७ रनले पराजित गर्दै नमुनाले उपाधि जितेको हो ।

नमुनाले दिएको २०८ रनको लक्ष्य पछ्याएको भोक्राहले २० ओभरमा ८ विकेट गुमाएर १७१ रन मात्र बनाउन सक्यो । सुजन थपलियाले सर्वाधिक ३३ रन बनाए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नमुनाले दीपेन्द्रसिंह ऐरी र कुशल भूर्तेलको आक्रामक ब्याटिङ मद्दतमा ८ विकेट गुमाएर २०७ रन बनाएको थियो ।

दीपेन्द्रले ७८ तथा भुर्तेलले ५३ रन बनाए । कुशल मल्लले ४३ रन बनाएका थिए । भोक्राहाका लागि सन्दीप ढुंगानाले ३ तथा भुवन कार्कीले २ विकेट हात पारे ।

कोशी प्रिमियर लिग क्रिकेट

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय