+

अस्ट्रेलिया र दक्षिण अफ्रिका यूएईमा, एक टोली सेमिफाइनलका लागि फेरि पाकिस्तान फर्कने

२०८१ फागुन  १७ गते २२:४८ २०८१ फागुन १७ गते २२:४८
अस्ट्रेलिया र दक्षिण अफ्रिका यूएईमा, एक टोली सेमिफाइनलका लागि फेरि पाकिस्तान फर्कने

१७ फागुन, काठमाडौं । भारत पाकिस्तानमा नगएकाले दुई फरक देशमा भइरहेको आईसीसी च्याम्पियन्स ट्रफीको सेमिफाइनल तालिकाका कारण समूह बी बाट सेमिफाइनल पुगेका दुवै टोलीहरू (अस्ट्रेलिया र दक्षिण अफ्रिका) युएई जाने भएका छन् ।

अस्ट्रेलिया शुक्रबारको खेलपछि शनिबार नै यूएई पुगिसकेको छ भने दक्षिण अफ्रिका आइतबार जाने छ । आइतबार भारत र न्युजिल्याण्डको खेलपछि सेमिफाइनल समीकरण पूरा भएसँगै एक टोली भने न्युजिल्याण्डसँग सेमिफाइनल खेल्न पाकिस्तान नै फर्कनुपर्ने छ ।

भारत संलग्न हुने पहिलो सेमिफाइनल मार्च ४ मा दुबईमा तथा दोस्रो सेमिफाइनल मार्च ५ मा लाहोरमा हुँदै छ । यसको अर्थ दोस्रो सेमिफाइनलमा पर्ने टोलीले एक दिन आफू खेल्नै नपर्ने ठाउँमा गएर अभ्यास गर्नेछ ।

दुबईमा सेमिफाइनल खेल्ने टोलीलाई तयारीको लागि अधिकतम समय दिने निर्णय अनुसार यो हुन लागेको आईसीसीका एक प्रतिनिधिले जनाए । यद्यपी यसले एक टोली एक दिनका लागि पाकिस्तान छाडी दुबई गएर फेरि पाकिस्तान फर्कनुपर्नेछ ।

सेमिफाइनल समीकरण अब भारत र न्युजिल्याण्डको बीचमा आइतबार हुने खेलपछि बन्नेछ । भारत विजयी भएमा दक्षिण अफ्रिका र न्युजिल्याण्ड सेमिफाइनलका लागि पाकिस्तान फर्कनेछन् अन्यथा न्युजिल्याण्डसँग अस्ट्रेलिया फर्कनेछ ।

आईसीसी च्याम्पियन्स ट्रफी

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय