+
+
Shares

चार दिनपछि बस्नेगरी राष्ट्रिय सभा बैठक स्थगित

अनलाइनखबर अनलाइनखबर
२०८१ फागुन १८ गते १४:२३

१८ फागुन, काठमाडौं । चार दिनपछि बस्ने गरी राष्ट्रिय सभाको बैठक स्थगित भएको छ । आइतबार बसेको बैठकमा शून्य समयमा सांसदहरूले विभिन्न विषयमा सरकारको ध्यानाकर्षण गरेका थिए ।

गृहमन्त्री रमेश लेखकले संसदमा उठेका प्रश्नहरूको जवाफ दिएका थिए ।

आइतबार प्रतिनिधि सभाबाट पारित भएर गएका विभिन्न विधेयकलाई राष्ट्रिय सभाले समेत पारित गरेर अगाडि बढाएको छ ।

साथै, राष्ट्रिय सभाले संविधानसभा सदस्य बिदुर प्रसाद सापकोटाको निधनप्रति शोक व्यक्त गरेको छ ।

यी कार्यसूची सकाएपछि राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहालले अर्को बैठक यही फागुन २२ गते दिउँसो सवा १ बजे बस्नेगरी स्थगित गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?