+
+
Shares

सोलुखुम्बुको लिखुपिके गाउँपालिकामा आगलागी

माथिल्लो तलामा भान्छा थियो । आगलागीको कारण खुलेको छैन । तर विद्युत् सर्ट भएर आगो लागेको प्रारम्भिक अनुमान छ ।

अनलाइनखबर अनलाइनखबर
२०८१ फागुन १८ गते १५:२९

१८ फागुन, काठमाडौं । सोलुखुम्बुको लिखुपिके गाउँपालिका कार्यालयको *प्रधानमन्त्री रोजगार शाखा, पूर्वाधार शाखा रहेको एक घरमा आगलागी भएको छ । आज दिउँसो करिब एक बजे कार्यालयको माथिल्लो तलामा आगो लागेको हो ।

माथिल्लो तलामा भान्छा थियो । आगलागीको कारण खुलेको छैन । तर विद्युत् सर्ट भएर आगो लागेको प्रारम्भिक अनुमान छ ।

गाउँपालिकाकी अध्यक्ष मिना कार्की बस्नेतले अनलाइनखबरसँग भनिन्, ‘हावाहुरीले पोल ढलेकाले दुई–तीन दिनदेखि बिजुली थिएन । आज बिजुली पनि आयो र आगो पनि लाग्यो । त्यसैले तार सर्ट भएको हो कि भन्ने हाम्रो अनुमान छ ।’

हावा अहिले पनि चलिरहेकाले नजिकैको बस्तीमा आगो फैलिन नदिन स्थानीय, जनप्रतिनिधि र स्थानीय प्रहरी परिचालित भएका छन् । तर गाउँपालिकामा दमकल नहुँदा आगो निभाउन समस्या भएको छ ।

(*यसअघि समाचारमा गाउँपालिका कार्यालयमा आगलागी उल्लेख भएकाले सच्याइएको छ । – सम्पादक)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?