+
+
Shares

सरकार असफल साबित भइसकेको उपेन्द्र यादवको निष्कर्ष

अनलाइनखबर अनलाइनखबर
२०८१ फागुन १८ गते १५:१३

१८ फागुन, काठमाडौं। जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले वर्तमान सरकार असफल र अक्षम साबित भइसकेको निष्कर्ष प्रस्तुत गरेका छन् ।

केन्द्रीय समिति बैठकमा प्रस्तुत राजनीतिक एवं संगठनात्मक प्रतिवेदन मार्फत यादवले सुशासन, समृद्धि र विकास गर्नु भन्दा बढी पनि यो सरकार कोरा नारामा मात्र सीमित रहेको उल्लेख गरेका छन् ।

‘सरकारप्रति जनताको नैरास्यता बढ्दो छ । भ्रष्टाचार नियन्त्रण गर्नु नसक्नु, सुशासन कायम गर्न नसक्नु र आर्थिक विकास गरी समृद्धि प्राप्त गर्ने सरकारको कुनै पनि ठोस नीति कार्यक्रम तथा योजना देखिन्न’, उनको प्रतिवेदनमा भनिएको छ ।

हरेक हिसाबले असफल भइसकेको सरकारको आयु बढाउन साना दललाई कमजोर बनाउने खेल भइरहेको पनि यादवले बताएका छन् ।

‘केपी शर्मा ओली नेतृत्वको सरकारको आयु लम्ब्याउन जालझेल गर्ने, अरु दललाई कमजोर बनाउने नीति लिएको पाइन्छ । सरकारले दुई दलीय व्यवस्था कायम गर्न ल्याउने भनिएको थ्रेसहोल्ड बढाउने सम्बन्धी विधेयक त्यसैको एउटा ज्वलन्त उदाहरण हो’, प्रतिवेदनमा भनिएको छ ।

यादवले साना दलहरुको अस्तित्व निषेध गर्ने कुरा लोकतान्त्रिक मूल्य र मान्यता विपरीत भएको उल्लेख गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?