+

केपी ओली कपको विजेता को बन्ला भनेर उत्साहित छु : बुफोन

२०८१ फागुन  १८ गते १५:५८ २०८१ फागुन १८ गते १५:५८
केपी ओली कपको विजेता को बन्ला भनेर उत्साहित छु : बुफोन

१८ फागुन, काठमाडौं । विश्वकप विजेता इटालियन लेजेन्ड गोलकिपर जियालुजी बुफोनले जारी केपी ओली कपको विजेता को बन्ला भन्ने कुराले आफू उत्साहित रहेको बताएका छन् ।

बुफोन आजै नेपाल आइपुगेका हुन् ।

राष्ट्रिय युवा संघ नेपालको आयोजनामा भइरहेको तेस्रो संस्करणको केपी ओली कप फुटबलको फाइनलमा चिफ गेस्टको रुपमा सहभागी हुन उनी नेपाल आएका हुन् ।

‘मेरो लागि यहाँ आउनु ड्रिम कम ट्रयू हो । आयोजकलाई धन्यवाद भन्न चाहन्छु,’ आइतबार सञ्चारकर्मीसँग उनले भने, ‘म केपी ओली कप कसले जित्ला भनेर एकदमै उत्साहित छु ।’

साथै, उनले नेपालको झण्डा देख्दा आफूलाई अनौठो लागेको प्रतिक्रिया पनि दिए ।

‘नेपाल ईज वन्डरफुल कन्ट्री । नेपालको झण्डा देख्दा अनौठो लाग्यो । युनिक फ्ल्याग छ,’ उनले भनेका छन् ।

उनलाई सञ्चारकर्मीले फिटनेसको राज सोधेका थिए ।

जवाफमा उनले भनेका छन्, ‘मलाई थाहा छैन । म सधैँ मेरो कामलाई माया गर्छु । हरेक दिन उत्कृष्ट हुनका लागि फाइट गर्नुपर्छ सहज छैन ।’

बुफोनले फेरि नेपाल आउने आशा राखेका छन् ।

केपी ओली कपको फाइनल सोमबार दशरथ रंगशालामा हुनेछ । फाइनल खेलमा बुफोन प्रमुख अतिथिको रुपमा रहनेछन् । फाइनल खेल मच्छिन्द्र एफसी र त्रिभुवन आर्मी एफसीको बीचमा हुनेछ ।

जियालुजी बुफोन

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय