
काठमाडौं । नेपालका लागि दिपल, नामी र सेरेस ईभीको आधिकारिक विक्रेता एमएडब्लू वृद्धिले आइतबारदेखि काठमाडौं नक्सालस्थित अमरपाली ब्यांक्वेट लगायत देशभरिका शोरुमबाट ‘ईभी कार्निभल’ सुरु गरेको छ ।
आगामी बुधबारसम्म चल्ने नेपालकै ठूलो ईभी कार्निभलमा ग्राहकले दिपल, नामी र सेरेसको टेस्ट ड्राइभ र एक्स्चेन्ज गर्न सक्ने एमएडब्लू वृद्धिले जनाएको छ ।
ईभी कार्निभलमा ग्राहकले हरेक ईभी मोडेलमा आकर्षक क्यास डिस्काउन्ट, एक्सचेन्ज बोनस, फ्रि ७ किलोवाट चार्जर र एसेसरिज, फ्रि रोड ट्याक्स र अटोप्लस इन्स्योरेन्स पाउनेछन् ।
ग्राहकले टप ८ रिकन्डिसन हाउसबाट आफ्नो पुरानो गाडीको बेस्ट रिकन्डिसन भ्यालु पनि पाउनुका साथै हरेक टेस्ट ड्राइभ र भ्यालुएसनमा पनि उपहार पाउने कम्पनीले जनाएको छ ।
कार्निभलमा चांगानको अफरोड क्यापेबल र स्टाइलिस हन्टर पिकअप पनि डिस्प्लेमा राखिएको छ, जसलाई १० प्रतिशतमात्र डाउन पेमेन्टमा खरिद गर्न सकिने छ ।
त्यसैगरी हरेक दिन बुकिङ गर्नेमध्ये भाग्यशाली एक जोडीले नगरकोटस्थित कन्ट्री भिल्लामा निःशुल्क बास बस्न पाउने छ भने बम्पर उपहारमा बुकिङ गर्ने एक जनाले लक्की ड्रमार्फत आईफोन–१६ प्रोम्याक्स पाउने एमएडब्लू वृद्धिले जनाएको छ ।
कम्पनीका अनुसार ईभी कार्निभलमा ग्राहकले भर्खरै सार्वजनिक भएको संसारकै पहिलो ट्रान्सफर्मर एसयूभीको अनुभव पनि लिन सक्नेछन् ।
यो एसयूभी एउटा सिंगल बटनमा एसयूभीबाट पिकअप ट्रकमा परिणत हुन्छ । साथै, यो ग्राहकले दिपलको चर्चित मोडेल एस०७, एस०७ एल, एल०७ का साथै नामी बक्स र सेरेस थ्रीको टेस्ट ड्राइभ गर्न सक्नेछन् ।
प्रतिक्रिया 4