
लस एन्जलस । ब्राजिलको फिल्म ‘आइएम स्टिल हेयर’ले अस्कर अवार्डको अन्तर्राष्ट्रिय फिचर विधातर्फ ट्रफी उचालेको छ ।
निर्देशक वाल्टर सेल्सले स्टेजमा उक्लिएर पुरस्कार ग्रहण गरे । यो राजनीतिक बायोग्राफिकल ड्रामा फिल्म मार्सेलो रुबेन्स पाइभाको २०१५ को संस्मरणमा आधारित छ र फर्नान्डा टोरेसले युनिस पाइभाको जीवनलाई चित्रण गरेको छ ।
जसमा उनले १९७१ मा ब्राजिलको सैन्य तानाशाहीको समयमा आफ्नो पति बेपत्ता भएपछि चुनौतिहरूलाई सामना गरेकी छिन् । पुरस्कार ग्रहण गर्दै निर्देशक सेल्सले यो अवार्ड सैन्य तानाशाहलाई चुनौति दिने महिलाप्रति समर्पित रहेको बताए ।
यो विधामा डेनमार्कको ‘गर्ल विथ द निडल’, फ्रान्सको ‘एमिलिया पेरेज’, इरानको ‘द सिड अफ द सेक्रेड’ र ‘फ्लो’ मनोनित थियो । यो विधाको लागि नेपालबाट यसवर्ष मीनबहादुर भामको ‘साम्भला’ सिफारिस भएको थियो ।
प्रतिक्रिया 4