+

केपी ओली कपमा उत्कृष्ट हुने चार विधाका खेलाडीले मोटरसाइकल पनि पाउने

२०८१ फागुन  १९ गते १२:१६ २०८१ फागुन १९ गते १२:१६
केपी ओली कपमा उत्कृष्ट हुने चार विधाका खेलाडीले मोटरसाइकल पनि पाउने

१९ फागुन, काठमाडौं । केपी ओली कप फुटबल प्रतियोगितामा सर्वोत्कृष्ट गोलकिपर, उत्कृष्ट खेलाडी, सर्वाधिक गोल गर्ने खेलाडी र उदीयमान खेलाडीले नगद पुरस्कारसँगै यामाहाको तर्फबाट बाइक पनि पाउने भएका छन ।

राष्ट्रिय युवा संघ नेपाल का उपाध्यक्ष एवम् प्रवक्ता कृष्णहरि केसी का अनुसार यामाहाको तर्फबाट सलुटो १२५ सीसी को बाइक प्रदान गर्न लागिएको हो । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले एक लाख, उत्कृष्ट गोलकिपर, सर्वाधिक गोल गर्ने खेलाडी र उदीयमान खेलाडीले समान ५० हजार रुपैयाँ पाउने यसअघि नै आयोजकले घोषणा गरि सकेको छ ।

केपी ओली कप फुटबल प्रतियोगिताको उपाधिका लागि आज मच्छिन्द्र एफसी र त्रिभुवन आर्मी एफसीबीच प्रतिस्पर्धा हुँदैछ । खेल दशरथ रंगशालामा साँझ ६ बजेबाट सुरु हुनेछ ।

फाइनल खेलमा विश्वचर्चित फुटबल खेलाडी इटलीका लिजेण्ड गोलकिपर जियानलुइजी बुफन प्रमुख अतिथिको रुपमा रहनेछन् ।

केपी ओली कप

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय