+
+
Shares

३२ वर्षदेखि बाँझो रहेको जमिनमा केरा खेती सुरु

रेसुङ्गा नगरपालिका-४ मा करिब ३२ वर्षदखि बाँझो रहेको जमिनमा केरा खेती सुरु गरिएको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८१ फागुन १९ गते १३:२८

१९ फागुन, गुल्मी । गुल्मीमा वर्षौंदेखि बाँझो रहेको जमिनमा केरा खेती गर्न सुरु गरिएको छ । जिल्लाको रेसुङ्गा नगरपालिका-४ मा करिब ३२ वर्षदखि बाँझो रहेको जमिनमा केरा खेती गर्न थालिएको हो ।

भगवती कृषि फर्मले २० रोपनी बाँझो जग्गा भाडामा लिएर केरा खेती गर्न सुरु गरेको सञ्चालक झबी पाण्डेले बताए । पहिलो चरणमा ३ सय बोट केरा लगाइएको छ ।

आउँदो वर्ष स्थानीय जातको ५ सय बोट केरा लगाउने पाण्डेले बताए । बाँझो जमिनमा केरा खेती गरेर गाउँका अन्य कृषकलाई पनि कृषि पेसामा आकर्षित गराउने उनको भनाइ छ ।

पाण्डेले करिब ५ वर्ष पहिलेदेखि भगवती कृषि फार्म दर्ता गरेर तरकारी खेती गर्दै आएका छन् । तम्घासमा खाद्यन्नको थोक विक्रेताको रूपमा व्यवसाय गर्दै आएका पाण्डेले बचेको समयलाई सदुपयोग गरेर आफनै गाउँमा कृषि पेसा पनि गर्दै आएका छन् ।

उनले गरेको कृषि फार्ममा केहीले रोजगारी समेत पाएका छन् । आफनै गाउँमा केही गर्ने हो भने राम्रो आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण उनले प्रस्तुत गरेका छन् ।

गाउँका युवा तथा अन्य कृषकलाई कृषि पेसामा टिकाइ राख्नका लागि आफूले अगुवा कृषकको रूपमा कृषि कर्मलाई पनि जोडेर काम गर्दै आएको पाण्डेले बताए । मौसमी र बेमौसमी तरकारी उत्पादन गरेर राम्रो आम्दानी हुँदै आएकाले केरा खेती थप विस्तार गरेको उनले बताए ।

बाँझो जमिनमा गर्न लागिएको केरा खेतीको रेसुङ्गा नगरपालिकाका नगरप्रमुख खिलध्वज पन्थी, वडानम्बर–४ का अध्यक्ष लिलाधर आचार्य सहितको टोलीले अनुगमन गरेका छन् । अनुगमन पश्चात नगरप्रमुख पन्थीले मिहिनेत गर्ने किसानलाई नगरपालिकाले सक्दो सहयोग गर्दै आएको बताए ।

बजारमा स्थानीय जातको केराको माग धेरै नै रहेको छ । खानका लागि स्वादिष्ट हुने भएकाले यसको मूल्य पनि राम्रो पर्ने गर्दछ । पछिल्लो समय गाउँगाउँमा बसाइँसराइका कारणले जमिन बाँझै हुने क्रम बढ्दै गएको छ ।

गुल्मी जिल्लामा अन्य जिल्लाबाट करोडौं मूल्यको केरा आउने गरेको छ । यहाँ उत्पादन हुने केराले सामान्य पनि बजार धान्न सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?