+
+
Shares

पोल्यान्ड पठाइदिने भन्दै ठगी गरेको आरोपमा २ जना पक्राउ

पक्राउ परेकामध्ये भूमिकाले पोल्यान्ड पठाइदिन्छु भन्दै ३ जना पीडितहरूबाट ११ लाख रुपैयाँ र पशुपतिले १ जना पीडितबाट २ लाख २३ हजार रुपैयाँ लिई ठगी गरेको आरोप छ ।

अनलाइनखबर अनलाइनखबर
२०८१ फागुन १९ गते १३:३२

१९ फागुन, काठमाडौं । पोल्यान्ड पठाइदिने भन्दै ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा मोरङ उर्लाबारी नगरपालिका–५ पथरी घर भई ललितपुर महानगरपालिका–२७ सुनाकोठी बस्ने ४६ वर्षीया भूमिका देवान र बाँके डुडुवा गाउँपालिका–५ कमदी घर भई काठमाडौं महानगरपालिका–१४ बस्ने ५२ वर्षीय पशुपति खत्री रहेका छन् ।

पक्राउ परेकामध्ये भूमिकाले पोल्यान्ड पठाइदिन्छु भन्दै ३ जना पीडितहरूबाट ११ लाख रुपैयाँ र पशुपतिले १ जना पीडितबाट २ लाख २३ हजार रुपैयाँ लिई ठगी गरेको आरोप छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले भूमिकालाई ललितपुर सुनाकोठीबाट आइतबार र पशुपतिलाई काठमाडौं सतुंगलबाट शनिबार पक्राउ गरेको हो ।

उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचाल काठमाडौं पठाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?