+
+
Shares

घाँस काट्न गएकी महिलाको भिरबाट लडेर मृत्यु, दुई दिनपछि भेटियो शव

अनलाइनखबर अनलाइनखबर
२०८१ फागुन १९ गते २१:०६

१९ फागुन, हेटौंडा । मकवानपुरको दुर्गम राक्सिराङ गाउँपालिकामा घाँस काट्न गएकी ४९ वर्षीया महिलाको घर नजिकै भिरबाट लडेर मृत्यु भएको छ ।

राक्सिराङ–६ कोलडाँडाकी सिता माया गलानको शव दुई दिनपछि भिरमा भेटिएको हो ।

१७ फागुन बिहान ९ बजे सिता घरबाट घास काट्न भन्दै हिँडेकोमा फर्किएर नआएपछि आज सोमबार दिउस २ बजे घरभन्दा १ किलोमिटर पर भिरमा मृत अवस्थामा फेला परेको मकवानपुरका प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।

सिलिङ्गे सामुदायिक वनको भिरबाट खसेकी सिताको शव हेटौंडा अस्पताल राखिएको छ । प्रहरीले घटना बारे थप अनुसन्धान गरिरहेको डिएसपी अर्यालले बताए ।

यसैगरी, मकवानपुरको पश्चिमी क्षेत्रस्थित मनहरी गाउँपालिकामा सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । आज सोमबार बिहान ९ बजे मनहरी–७ मनहरी पुलस्थित पुर्व–पश्चिम सडकखण्डमा चितवनबाट हेटौंडातर्फ आउँदै गरेको ना १६ प ३१८१ नम्बरको मोटरसाइकललाई हेटौंडातर्फ नै आउँदै गरेको ना ६ ख ४०५५ नम्बरको ट्रकले ठक्कर दिएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा मोटरसाइकलको पछाडि बस्ने चितवन रत्ननगर नगरपालिका–१६ पिठुवाका ५६ वर्षीय निमबहादुर थापाको मनहरी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको डिएसपी अर्यालले जानकारी दिए ।

मोटरसाइकल चालक रत्ननगर–१६ पिठुवाकै ५५ वर्षीय रामजी गौतम घाइते भएका छन् । उनलाई थप उपचारका लागि चितवन पठाइएको डिएसपी अर्यालले बताए ।

प्रहरीले ट्रक चालक बाराको जितपुर सिमरा उपमहानगरपालिका–२१ अमलेखगञ्ज बस्ने ३९ वर्षीय ओमप्रसाद खनाललाई इलाका प्रहरी कार्यालय मनहरीले नियन्त्रणमा लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?