+
+
Shares

खानेपानी पाइप फुटेपछि यसरी डुब्यो थापाथली क्षेत्र (तस्वीरहरू)

पाइपलाइन फुटेपछि थापाथली क्षेत्रका पसलहरु डुबानमा परेका हुन् । सडकसमेत अवरुद्ध भएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८१ फागुन २० गते ७:१५

२० फागुन, काठमाडौं । थापाथली चोक नजिक मेलम्ची खानेपानीको पाइप फुटेपछि त्यस क्षेत्र डुबानमा परेको छ ।

थापाथली चोकबाट नर्भीक इन्टरनेशनल अस्पताल छिर्नेतर्फको सडकमा खानेपानीको पाइप फुटेको हो ।

बिहानै पाइप फुटेपछि उक्त क्षेत्रमा बाढी आएको थियो । सडकसमेत अवरुद्ध भएको छ । पानी नजिकका घर र पसलहरुमा पसेको छ ।  त्यहाँ नजिक फार्मेसीहरू, रेस्टुरेन्टलगायत पसल पनि रहेका छन् ।

यहाँको पाइप के कारणले फुटेको हो भन्ने पत्ता लागिसकेको छैन । कालोपत्रे सडक फोडेर पानी बाहिर आएको छ ।

यसअघि पनि बबरमहल क्षेत्रमा खानेपानीको मुख्य पाइप लाइन फुट्दा बाढी आएको थियो । त्यस क्षेत्रका सरकारी कार्यालयहरू डुबानमा परेका थिए । बबर महलमा विद्युत प्राधिकरणको काम गर्ने बेला पाइप फुटेको थियो ।

तस्वीरहरू : विकास श्रेष्ठ

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?