
२० फागुन, काठमाडौं । यसअघि हकप्रद निष्कासनका क्रममा बिक्री नभएको ङादी ग्रुप पावरको साधारण सेयर लिलामी बिक्रीमा आएको छ ।
८ लाख ७३ हजार ६१ कित्ता साधारण सेयर लिलामी बिक्रीमा खुलेको छ । इच्छुकले फागुन २८ गतेभित्र आवेदन दिन सक्नेछन् ।
सिद्धार्थ क्यापिटल नक्साल, सिद्धार्थ बैंकका शाखा कार्यालयहरु विराटनगर, वीरगन्ज, जनकपुर, हेटौंडा, नारायणगढ, पोखरा, बागलुङ, बुटवल, घोराही, नेपालगन्ज, सुर्खेत, धनगढी र महेन्द्रनगरबाट फारम लिन र तिनै कार्यालयमा आवेदन दिन सकिनेछ ।
न्यूनतम १ सय कित्ता तथा बढीमा सबै कित्ताका लागि आवेदन दिन सकिनेछ । सोमबार बजार बन्द हुँदा सेयर मूल्य प्रतिकित्ता २९६ रुपैयाँ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4