
२० फागुन, काठमाडौं । ललितपुरको टीकाथलीमा पानीका लागि बोरिङ गर्ने क्रममा निस्केको आगोको ज्वाला निभाउने प्रयास जारी छ ।
बोरिङको पाइप गाडेको स्थानबाटै आगोको ज्वाला दन्किरहेको छ । स्थानीय र सुरक्षाकर्मीले हिलो, माटो र पानी छ्यापेर आगो निभाउने प्रयास गरिरहेका छन् । तर, आगो निभेको छैन ।
ललितपुर प्रहरी परिसरका प्रवक्ता नरहरि रेग्मीले बोरिङ खन्ने क्रममा ग्यास निस्किएको र त्यसमा आगो लागेको जानकारी आएको बताए ।
एक स्थानीयका अनुसार करिब ९ सय फिट खनिसकेपछि आगोको ज्वाला निस्किएको हो । पानी हाल्दा झन बल्ने भएकोले आगो निभाउन समस्या भएको छ ।
तस्वीरहरू : विकास श्रेष्ठ
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4