+
+
Shares

भोलिको संसद् बैठकमा उपस्थित हुन सांसदहरूलाई एमालेको पनि ह्विप

अनलाइनखबर अनलाइनखबर
२०८१ फागुन २० गते १६:०३

२० फागुन, काठमाडौं । सत्तारुढ दल नेकपा एमालेले भोलि (बुधबार) बस्ने संसद् बैठकमा अनिवार्य उपस्थित हुन निर्देशन जारी गरेको छ ।

बुधबार दिउँसो १ बजे बस्ने संसद् बैठकमा जारी भएका अध्यादेश पारित गर्नका लागि प्रस्तुत गरिँदैछन् ।

अध्यादेशहरू पारित गर्नका लागि अनिवार्य संसद् बैठकमा उपस्थित हुन सांसदहरूलाई ह्विप जारी गरिएको हो ।

त्यस्तै, नेपाली कांग्रेसले पनि आफ्ना सांसदहरूलाई भोलिको बैठकमा अनिवार्य उपस्थित हुन ह्विप जारी गरेको छ ।

सरकारले भूमि अध्यादेशबाहेकका ५ अध्यादेश भोलि संसद्‍मा पेस गर्दैछ ।

जसपा नेपाल र लोसपाले भूमि अध्यादेशको विपक्षमा देखिएपछि सरकारले त्यसलाई रोकेर अन्यलाई पारित गर्न प्रक्रियामा लैजाने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?