+

राष्ट्रिय फुटबल टिमको सहायक प्रशिक्षकमा सल्यान खड्गी नियुक्त

२०८१ फागुन  २० गते १७:४६ २०८१ फागुन २० गते १७:४६
राष्ट्रिय फुटबल टिमको सहायक प्रशिक्षकमा सल्यान खड्गी नियुक्त

२० फागुन, काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमको सहायक प्रशिक्षकमा सल्यान खड्गी नियुक्त भएका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा)ले मंगलबार सहायक प्रशिक्षकसँगै विभिन्न सपोर्ट स्टाफहरू नियुक्त गरेको हो ।

यही मार्च महिनामै हुन लागेको सिंगापुरसँगको मैत्रीपूर्ण खेल र एएफसी एसियन कप छनोटको खेलका लागि कोचिङ र सपोर्टिङ स्टाफहरू नियुक्त भएका हुन् ।

गोलकिपिङ प्रशिक्षकमा विनोद महर्जन नियुक्त भएका छन् भने रमेश कुमार कार्की टिम म्यानेजरका रूपमा रहनेछन् ।

त्यस्तै नकुल हमाल ठकुरी सहायक टिम म्यानेजर छन् । निशान्त जोशी फिजियोथेरापिस्टका रूपमा रहनेछन् ।

यसअघि नेपाली फुटबल टोलीको मुख्य प्रशिक्षकमा अस्ट्रेलियाका म्याट रोस नियुक्त भइसकेका छन् ।

नेपाली फुटबल टोली सल्यान खड्गी
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय