+
+
Shares

पर्वतमा जीप दुर्घटना हुँदा २ जनाको मृत्यु, ६ जना घाइते

बिहादी गाउँपालिका सेतीवेणीमा बोलेरो जीप दुर्घटना हुँदा २ जनाको घटनास्थलमै मृत्यु भएको हो । ६ जना घाइतेलाई उपचारका लागि पाल्पा पठाइएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८१ फागुन २१ गते १२:१०

२१ फागुन, पोखरा । पर्वतको बिहादी गाउँपालिका सेतीवेणीमा बोलेरो जीप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् ।

 गुल्मीको पूर्तीघाटबाट पर्वतको सेतीवेणी, रानीपानी हुँदै वालिङका लागि छुटेको लु१ज ४४६० नम्बरको जीप दुर्घटनामा परेको हो ।

दुर्घटनामा पर्वत बिहादी गाउँपालिका-३ का मीनप्रसाद उपाध्याय र कालीगण्डकी गाउँपालिका-५ गुल्मीका ६४ वर्षीया दिलकुमारी भट्टचनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख डिएसपी रवीन विष्टले जानकारी दिए ।

घाइते ६ जनालाई थप उपचारका लागि पाल्पा पठाइएको उनले बताए । उक्त जीपमा सवार  एकजना बालकको अवस्था भने सामान्य छ । ‘२ जनाको घटनास्थलमै मृत्यु भएको हो । घटनाको कारणबारे अनुसन्धान भइरहेको छ’, डिएसपी विष्टले भने, ‘प्रहरी घटनास्थलमा पुगेर उद्धार तथा अनुसन्धान गरिरहेको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?