+
+
Shares
फिल्म :

‘श्री बुकुरो’को दोस्रो टिजर : परिवारको मर्मस्पर्शी कथा

अनलाइनखबर अनलाइनखबर
२०८१ फागुन २१ गते १३:३६

काठमाडौं । सुदीपभुपाल सिंह निर्देशित फिल्म ‘श्री बुकुरो : द होम कलिङ’को दोस्रो टिजर सार्वजनिक भएको छ । टिजरमा परिवारको सम्बन्ध र त्यसबीच आउने उतारचढावको कथा पेश गरिएको छ ।

अभिनेत्री लक्ष्मी गिरी कथावाचकको रुपमा टिजरमा प्रस्तुत छिन् । उनीमार्फत निर्देशकले फिल्मबारे कुरा भनेका छन् । ‘यो आमाको कथा हो’ गिरीले टिजरमा भनेकी छिन् ।

त्यसपछि आशिर्वाद क्षेत्री, निकिता आचार्य लगायतका कलाकारको झलक प्रस्तुत छ । हिमाली गाउँको सेटिङमा खिचिएको यो पारिवारिक कथाले दर्शकीय मन जित्ने देखिन्छ ।

निर्देशक सिंह ७ वर्षपछि फिल्ममा फर्किएका हुन् । यसअघि उनले ‘माला’ र ‘रुद्रप्रिया’ निर्देशन गरेका थिए । सम्पादनको काम अन्तिम चरणमा रहेकाले प्रदर्शन मिति चाँडै घोषणा गर्ने जनाइएको छ ।

फिल्म रेञ्जको ब्यानरमा निर्माण भएको फिल्ममा आशीर्वाद क्षेत्री, लक्ष्मी गिरी, निकिता आचार्य, प्रतीकराज आचार्य, रोशनी कार्की, राजन इशान, दीपिका थापा, लय संग्रौला, मोहन निरौला, रामबाबु रेग्मी, रश्मी भट्ट, उत्तम केसी, गीता थापा, सपना श्रेष्ठ, आशिका शाही, दीपक कार्की र रजिना विश्वकर्माको अभिनय छ ।

फिल्मलाई रुबी सेन सिंहको निर्माण गरेकी हुन् । सञ्जय लामा र राजेश श्रेष्ठले छायांकन गरेको फिल्मलाई मुस्ताङ, बागलुङ, कास्की, दमौली, मकवानपुर र काठमाडौंमा खिचिएको छ । गीतमा रञ्जीत गजमेर र बसन्त सापकोटाको संगीत सुन्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?