
२१ फागुन, काठमाडौं । सञ्चार तथा सूचनाप्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले प्रतिपक्षी दलले अध्यादेशबारे भएका विरोधहरू विषयवस्तुमा आधारित रहेर नभएको बताएका छन् ।
बुधबार प्रतिनिधि सभामा अध्यादेश स्वीकृत गर्ने कार्यसूची छ ।
कार्यसूची अनुसार अध्यादेश स्वीकृत गर्ने प्रक्रिया अन्तर्गत विपक्षी दलहरूले सरकारले सदन छल्नका लागि अध्यादेश ल्याएको भनेर विरोध गरे ।
जवाफ दिन रोष्ट्रम पुगेका सरकारका प्रवक्ता समेत रहेका सञ्चारमन्त्री गुरुङले दुर्गालाल श्रेष्ठको कविता सुनाए, ‘फूलको आँखामा फुलै संसार, काँडाको आँखामा काँडै संसार ।’
प्रतिपक्षले काँडा मात्रै देखेको उनको भनाइ छ । ‘उहाँहरूले काँडा काँडा मात्रै देख्नुभएको छ । हामीले फूलै फूल देखेका छौं,’ उनले भने ।
विपक्षी दलहरूले विरोधका लागि मात्रै विरोध गरेको भनेर अध्यादेश स्वीकृत हुने बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4