+

एसियाली महिला कबड्डी च्याम्पियनसिप : नेपालको पहिलो खेल इराकसँग

२०८१ फागुन  २१ गते १७:१५ २०८१ फागुन २१ गते १७:१५
एसियाली महिला कबड्डी च्याम्पियनसिप : नेपालको पहिलो खेल इराकसँग

२१ फागुन, काठमाडौं । छैटौं एसियाली महिला कबड्डी च्याम्पियनसिपमा नेपालले समूह चरणको पहिलो खेलमा इराकसँग खेल्ने भएको छ । मार्च ६ देखि ८ सम्म इरानको तेहरानमा हुने च्याम्पियनसिपमा नेपाल रहेको समूह बी मा इरान र इराक छन् ।

नेपालले समूहको दोस्रो खेल मार्च ७ मा इरानसँग खेल्नेछ । भारत, बंगलादेश, थाइल्यान्ड र मलेसिया समूह ए मा छन् । सहभागी टोलीलाई २ समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेल खेलाइने छ ।

दुवै समूहको शीर्ष दुई टोली सेमिफाईनल प्रवेश गर्नेछन् । नेपालको महिला टोलीले चीनको हान्झाउमा भएको १९औं एसियन गेम्समा कास्य पदक जितेको थियो ।

मानमति विष्टको कप्तानीमा रहेको नेपाली टोलीमा जयन्ती बडू, रविना चौधरी, गंगा घिमिरे, सिर्जनाकुमारी थारु, निशा बोहरा, निशा खत्री, मनीषा जोशी, आस्मा यादव र विनिता पण्डित क्षेत्री छन् ।

एसियाली महिला कबड्डी च्याम्पियनसिप
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय