+
आईसीसी च्याम्पियन्स ट्रफी :

रविन्द्र र विलियमसनको शतकमा न्युजिल्याण्डको बलियो योगफल

२०८१ फागुन  २१ गते १८:३३ २०८१ फागुन २१ गते १८:३३
रविन्द्र र विलियमसनको शतकमा न्युजिल्याण्डको बलियो योगफल

२१ फागुन, काठमाडौं । आईसीसी च्याम्पियन्स ट्रफी क्रिकेटको दोस्रो सेमिफाइनलमा बुधबार दक्षिण अफ्रिका र न्युजिल्याण्ड खेल्दै छन् । लाहोरमा टस जितेर पहिले ब्याटिङ गरेको न्युजिल्याण्डले बलियो योगफल खडा गरेको छ ।

न्युजिल्याण्डले ५० ओभरमा ६ विकेट गुमाएर ३६२ रन बनाएको हो । न्युजिल्याण्डका लागि रचिन रविन्द्र र केन विलियमसनले शतकीय पारी खेले । रचिनले १०८ तथा विलियमसनले १०२ रन बनाए । डारिल मिचेल र ग्लेन फिलिप्सले समान ४९ रन बनाए ।

दक्षिण अफ्रिकाका लागि लुंगी एङ्गिडीले १० ओभरमा ७२ रन दिएर ३ विकेट लिए । कगिसो रबाडाले १० ओभरमा ७० रन दिएर २ विकेट लिए । वियान मुल्डरले १ विकेट लिए ।

यस खेलको विजेताले आउँदो आइतबार दुबईमा हुने फाइनलमा भारतसँग खेल्ने छ ।

आईसीसी च्याम्पियन्स ट्रफी
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय