+
+
Shares

७ महिनामा ९३ हजार बढीलाई काठमाडौं महानगरको स्वास्थ्य सेवा

अनलाइनखबर अनलाइनखबर
२०८१ फागुन २१ गते १९:२२

२१ फागुन, काठमाडौं। काठमाडौं महानगरपालिकाले ७ महिनामा ९३ हजार बढीलाई स्वास्थ्य सेवा उपलब्ध गराएको छ ।

स्वास्थ्य प्रवर्द्धन केन्द्रबाट प्रवाह गरिरहेको उक्त सेवामा सेवाग्राहीको संख्या बढ्‍दै गएको महानगरको स्वास्थ्य सेवा विभाग प्रमुख दिपक केसीले बताए।

उनका अनुसार यस वर्षको ७ महिनामा मात्रै ९३ हजार ४२३ जना सेवाग्राहीले स्वास्थ्य सेवाको लाभ उठाइसकेका छन् । जसमध्ये ४४ हजार ९६८ जनाले बहिरङ्ग सेवा लिए ।

गत आर्थिक वर्षमा १ लाख १७ हजार ३६२ जनालाई स्वास्थ्य सेवा दिइएकोमा ४१ हजार ७०५ जनाले बहिरङ्ग सेवा लिएका थिए ।

आर्थिक वर्ष २०७९÷०८० मा ९४ हजार २७१ जनाले स्वास्थ्य सेवा लिएकोमा ३० हजार २२५ जनाले बहिरङ्ग सेवा लिएका थिए।

पछिल्लो ३ वर्षको तथ्याङ्क हेर्दा चालु आर्थिक वर्षमा महानगरपालिकाको स्वास्थ्य सेवाप्रति सेवाग्राहीहरुको आकर्षण बढ्दो क्रममा देखिएको स्वास्थ्य सेवा विभाग प्रमुख केसीको भनाइ छ ।

३९ हजार बढी किशोरीलाई एचपीभी खोप

पछिल्लो ७ महिनामा महानगरपालिकाले ३९ हजार २१३ जना किशोरीहरुलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपिभी खोप प्रदान गरेको छ । विशेष पोलियो खोप कार्यक्रमअन्तर्गत ७६ हजार ९६२ जना बालबालिकालाई खोप दिइएको महानगरको स्वास्थ्य विभागले जनाएको छ ।

‘अर्धवार्षिक रुपमा ३९ हजार ९९८ जना बालबालिकालाई भिटामिन ए र ३५ हजार ३५० बालबालिकालाई जुकाको औषधि खुवाइएको छ । ६ स्थानबाट निःशुल्क भिडियो एक्सरे सेवा उपलब्ध गराइएको छ । ४५ हजार व्यक्तिलाई विमा कार्यक्रममा आवद्ध गरिएको छ । २६ हजार १९ जनामा नसर्ने रोगको स्क्रिनिङ् गरिएको छ,’ विभागले जनाएको छ।

३३० जनालाई नि: शुल्क रगत

महानगरबासीलाई निःशुल्क रक्त तथा रक्तजन्य पदार्थ उपलब्ध गराउने कार्यक्रम अन्तर्गत ३ हजार ३२६ पिन्ट रगत संकलन भएको विभागले जनाएको छ । यस्तै ३३० जनाले निःशुल्क रगत पाएका छन्।

पछिल्लो ७ महिनामा लक्षित वर्ग निःशुल्क उपचारका अन्तर्गत विपन्न, बेवारिसे, असहाय १४५ जनालाई महानगर उपचार दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?