+

अभिषेक चर्च सैनामैना गोल्डकपको सेमिफाइनल प्रवेश

२०८१ फागुन  २१ गते २०:०५ २०८१ फागुन २१ गते २०:०५
अभिषेक चर्च सैनामैना गोल्डकपको सेमिफाइनल प्रवेश

२१ फागुन, बुटवल। नवलपूरको अभिषेक चर्च क्लब रूपन्देहीको सैनामैनामा जारी सुनगाभा सैनामैना गोल्डकपको सेमिफाइनल प्रवेश गरेको छ ।

सैनामैना रंगशाला मुर्गियामा बुधबार भएको खेलमा विभागीय टिम एपीएफलाई २–१ अंकले पछि पार्दै अभिषेक चर्चले सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो।

खेल सुरु भएको २ मिनेटमा नै अभिषेक चर्चका सूचित बुढाथोकीले गोल गर्दै आफ्नो टिमलाई अग्रता दिलाएका थिए। प्रतिस्पर्धात्मक खेलमा खेलको ११ औं मिनेटमा सशस्त्रका भरत कपालीले गोल गर्दै टिमलाई बराबरीमा पुर्‍याएका थिए ।

खेलको दोस्रो हाफको ४६ औं मिनेटमा अभिषेक चर्चका शक्ति गुरुङले गोल थप्दै आफ्नो टिमलाई २–१ को अग्रता दिलाएका थिए । त्यसपछि दुबै टिमले कुनै गोल गर्न सकेनन् ।

खेलमा अभिषेक चर्च नवलपुरका जर्सी नम्बर ७ का खेलाडी सुजित बुढाथोकी म्यान अफ द म्याच घोषित भए । बिहीबार महावीर क्लब काठमाडौँ र हनामी बिएफसी चितवन बीच हुने आयोजक क्लबका टिम संयोजक श्री दर्लामीले जानकारी दिए ।

दुई विभागीय, भारत सिक्किमको एक सहित १० टिमले भाग लिएको प्रतियोगिताको उपाधि विजेताले नगद ७ लाख, उपविजेताले नगद ४ लाख रुपैयाँ प्राप्त गर्नेछन् ।

यस्तै सेमिफाइनलमा पुगेर बाहिरिएका दुई टिमलाई नगद ४०÷४० हजार रुपैयाँ, उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेण्डर, उत्कृष्ट स्ट्राइकर, उत्कृष्ट मिडफिल्डर, राईजीङ प्लेयर र उत्कृष्ट प्रशिक्षकलाई जनही १५ हजार रुपैयाँका दरले नगद पुरस्कार दिइने क्लबका अध्यक्ष प्रविन भारीले बताए ।

अभिषेक चर्च क्लब सैनामैना गोल्डकप
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय