+

आर्मी विराट गोल्डकपको सेमिफाइनलमा, आज एपीएफ र पुलिस खेल्दै

२०८१ फागुन  २२ गते ६:३४ २०८१ फागुन २२ गते ६:३४
आर्मी विराट गोल्डकपको सेमिफाइनलमा, आज एपीएफ र पुलिस खेल्दै

२२ फागुन, विराटनगर । विभागीय टोली त्रिभूवन आर्मी क्लब विराटनगरमा जारी ९औं संस्करणको विराट गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । आयोजक रिजालको मोरङ ११ लाई १-० ले पराजित गर्दै आर्मी सेमिफाइनल प्रवेश गरेको हो ।

विराटनगरको सहिद रंगशालामा बुधबार भएको पहिलो क्वाटरफाइनल खेलमा आर्मीको जितमा निरज चौधरी नायक बने । उनले पहिलो हाफको ३७औं मिनेटमा गरेको गोलनै टिमको जितको लागि निर्णाय बन्यो । पथेमन गलेले मध्य भागबाट निकालेको क्रस पासलाई निरजले आकर्षक गोलमा परिणत गरेका थिए ।

पहिलो गोल खाएपछि दबाबमा परेको मोरङ ११ ले बराबारीमा ल्याउन निकै संघर्ष गर्यो । तर सफल हुन सकेन । दोस्रो  हाफपछि आक्रमक खेल पस्किएको मोरङ-११ खेल बराबरीमा ल्यान आक्रामक खेले पनि गोल गर्न सकेन ।

प्रतियोगिताको प्लेर अफ द म्याच आर्मीका गोल रक्षक विकेस कुथु घोषित भए । उनले नगद ११ हजार पाए ।

बिहीबारको दोस्रो क्वाटरफाइनल खेल सशस्त्र प्रहरी बल (एपीएफ) र नेपाल पुलिस क्लबबीच हुनेछ ।

विराट गोल्डकप
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय