+
+
Shares

महोत्तरीमा बस पल्टिँदा १५ जना घाइते

घाइतेहरूको प्रादेशिक अस्पताल जलेश्वरमा उपचार भइरहेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८१ फागुन २३ गते १२:०४

२३ फागुन, जनकपुरधाम । महोत्तरीमा बस पल्टिँदा १५ जना घाइते भएका छन् ।

हरिगोरीगम्माबाट परिक्रमा सडक हुँदै जलेश्वरतर्फ जाँदै गरेको ना ३ ख ८९९७ नम्बरको यात्रु बस मडईस्थित सडकबाट पल्टेर दुर्घटना भएको हो ।

दुर्घटनामा १५ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । घाइतेहरूको प्रादेशिक अस्पताल जलेश्वरमा उपचार भइरहेको छ ।

घटनाबारे थप बुझ्ने काम भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?