+

फिफा महिला वरियतामा नेपालको ४ स्थान सुधार

२०८१ फागुन  २३ गते १४:११ २०८१ फागुन २३ गते १४:११
फिफा महिला वरियतामा नेपालको ४ स्थान सुधार

२३ फागुन, काठमाडौं । फिफा महिला वरियतामा नेपालको चार स्थान सुधार भएको छ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले सार्वजनिक गरेको नयाँ वरियतामा नेपाल ४ स्थार सुधार गर्दै ९९औं स्थानमा उक्लिएको छ ।

यसअघि १०३औं वरियतामा रहेको नेपाल यसअघिको अंकबाट ३.६२ अंक बढाउँदै नयाँ वरियतामा ९९औं स्थानमा उक्लिएको हो। एसियाली राष्ट्रहरुमध्ये नेपाल १९औं स्थानमा छ ।

नेपालले गत फेब्रुअरीमा घरेलु मैदानमा चारदेशीय फुटबल प्रतियोगिता खेलेको थियो जहाँ लेबनान र कीर्गिस्तानलाई हराउँदा म्यानमारसँग एक खेल बराबरी गरेको थियो भने फाइनलमा म्यानमारसँग पराजित भएको थियो ।

फिफा वरियताको शीर्ष स्थानमा अमेरिकी टोली यथावत् रहँदा स्पेन दोस्रो, जर्मनी तेस्रो र इंग्ल्याण्ड चौथो स्थानमा यथावत् छन् । एसियाली राष्ट्र जापान ३ स्थान सुधार गर्दै पाँचौं स्थानमा उक्लिएको छ ।

पुरूषतर्फको वरियतामा भने नेपाल १७५औं स्थानमा छ ।

नेपाली महिला फुटबल टोली फिफा महिला वरियता
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय