+
+
Shares

टिपरका लागि छुट्टै लाइसेन्स व्यवस्था गरौं : सांसद झा

अनलाइनखबर अनलाइनखबर
२०८१ फागुन २३ गते १४:४२

२३ फागुन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनिष झाले टिपरहरूले कानुन नमान्दा दुर्घटनाहरू बढेको भन्दै अलग्गै लाइसेन्सको व्यवस्था गर्न माग गरेका छन् ।

प्रतिनिधि सभाको शुक्रबारको बैठकमा बोल्दै उनले स्थानीय तहका जनप्रतिनिहरूको लगानी भएका टिपरहरूले कानुन मान्ने नगरेको उनको आरोप छ ।

टिपरको व्यवस्थापनमा राज्य संयन्त्र नै कमजोर रहेको उनको भनाइ छ ।

‘धेरै स्थानीय तहका प्रतिनिधिहरूको लगानी रहेको छ टिप्परका उनीहरूले कानुन मान्दैनन् । टिपरलाई फरक लाइसेन्सको व्यवस्था गरियोस् भनेर टेक्निकल एडभाइस पनि आएको छ,’ उनले भने ।

सांसद झाले सीतापाइला र धार्केमा टिप्पर हिँड्न अनुमति नदिएको भएपनि जबरजस्ति हिँडिरहेको भन्दै सरकारको ध्यानाकर्षण गराए ।

‘अर्को कुरा, सीतापाइला र धार्केमा टिप्पर हिँड्न अनुमति दिइएको छैन तर जबरजस्ती गुडाउँछन् । किनकी स्थानीय नेता र ठेकेदारहरूको लगानी भएकोले । सरकार र राज्यपनि एकदमै कमजोर भएको छ । यस्तो अवस्थामा हामीले कसरी नियन्त्रण गर्न सक्छौं । कि यो मृतकको संख्यामात्र गनेर बसिराख्ने हो ?,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?