+
+
Shares

रेक्टर कार्यालयअघि डिन कार्यालयमा पनि विद्यार्थीको तोडफोड

अनलाइनखबर अनलाइनखबर
२०८१ फागुन २३ गते १६:३८

२३ फागुन, काठमाडौं । त्रिभुवन विश्वविद्यालयको विज्ञान तथा प्रविधि अध्ययन संस्थानको डिन कार्यालयमा पनि तोडफोड भएको छ ।

रेक्टर कार्यालयमा तोडफोड हुनुअघि डिन कार्यालयमा तोडफोड भएको हो ।

‘कार्यकक्षमा तोडफोड भएको छ । कुर्सी उल्टोपाल्टो भएको छ । कागजात छरप्रपट पारिएको छ । सिसा फुटाइएको छ,’ डिन प्रा.डा. शंकर खनालले भने ।

डिन खनालका अनुसार उनी त्यतिबेला कार्यकक्षमा थिएनन् ।

‘म कार्यालय जाँदै थिए । बाटोमा हुदा कर्मचारीले फोन गरेर तोडफोड भएको जानकारी गराउनु भयो । पुग्दा तोडफोड भइसकेको थियो । कसले फोरेको हो त्यो पहिचान भएको छैन,’ उनले भने ।

डिन खनाललाई हिजो फिजिक्सका विद्यार्थी आएर परीक्षा सार्न भनेका थिए ।

‘उनीहरूले गरेको हो होइन त्यो थाहा छैन । तर हिजो विद्यार्थी आउनु भएको थियो । परीक्षा सर्नुपर्‍यो भन्नु भएको हो । क्यालेन्डर बिग्रन्छ । स्ववियु चुनावको दिन परीक्षा छैन भनेपछि सहमत भएर जानु भएको हो,’ डिन खनालले भने ।

तोडफोड हेर्दा विद्यार्थीले गरेजस्तो नलाग्ने खनालले बताए ।

‘विद्यार्थीले गरेजस्तो लाग्दैन । विश्वविद्यालयमा यस्तो घटना हुनु दुःखद हो,’ उनले भने ।

यसअघि आजै त्रिविका शिक्षाध्यक्ष (रेक्टर) प्रा.डा. खड्क केसीको कार्यकक्षमा पनि सोही समूहले तोडफोड गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?