+
+
Shares

फ्रान्सको सर्वाधिक व्यस्त रेलमार्गमा दोस्रो विश्वयुद्धकालीन बम

अनलाइनखबर अनलाइनखबर
२०८१ फागुन २३ गते १६:४८

२३ फागुन, पेरिस । फ्रान्सको सबैभन्दा व्यस्त टर्मिनलतर्फ जाने रेलमार्गमा दोस्रो विश्वयुद्धको बम फेला परेको छ । योसँगै पेरिस गारे डु नोर्ड रेल स्टेसनमा शुक्रबार यातायात रोकिएको अधिकारीहरूले बताएका छन् ।

राष्ट्रिय एसएनसीएफ रेल कम्पनीले सेन्ट डेनिस उपनगरको क्षेत्रमा मर्मत कार्यको क्रममा रातभर ‘रेलमार्गको बीचमा’ विस्फोट नभएको बम फेला परेको बताएको छ ।

स्थानीय सञ्चारमाध्यमका रिपोर्टअनुसार, यो बम सेन्ट-डेनिस क्षेत्रको रेलको लिकहरूमध्ये एकमा फेला परेको हो।

लण्डन र पेरिसबीचको सेवा रद्द गरिएपछि यूरोस्टारले यात्रुहरूलाई अनुरोध गर्दै भनेको छ, ‘कृपया आफ्नो यात्रा मिति परिवर्तन गरी कुनै अर्को उपयुक्त मिति छनोट गर्नुहोस्।’

यात्रुहरूलाई अर्को सूचना नआउञ्जेल सेवाहरू निलम्बित गरिएको जानकारी दिइएको छ।

आरइआर बी उपनगरीय रेलले सामाजिक सञ्जाल एक्समा लेखेको पोस्टमा बम ‘दोस्रो विश्वयुद्धको समयको’ भएको उल्लेख छ ।

पेरिस प्रहरीले यन्त्रलाई निष्क्रिय पार्ने काम गरिरहेकाले युरोस्टार रेलहरूका साथै उच्च–गति र स्थानीय सेवाहरू सञ्चालन गर्ने रेल स्टेसनमा सबै ट्राफिक बन्द गरिएको थियो ।

गारे डु नोर्ड रेल स्टेशन पेरिसको उत्तरमा अवस्थित छ । यो स्टेशन युरोपकै सबैभन्दा व्यस्त स्टेशन हो, जसले दैनिक ६ लाखभन्दा बढी यात्रुहरूलाई सेवा प्रदान गर्छ।

  • एजेन्सीहरूको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?