+
+
Shares

लक्ष्मी ई–मोबिलिटीले ‘ड्राइभ फर अ कज’ कार्यक्रम गर्ने

अनलाइनखबर अनलाइनखबर
२०८१ फागुन २३ गते १७:१३

काठमाडौं । अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा नेपालका लागि कायी मोटर्सको आधिकारिक विक्रेता लक्ष्मी ई–मोबिलिटी प्रालिले ‘ड्राइभ फर अ कज’ नामक कार्यक्रम आयोजना गर्ने भएको छ ।

दिगो तथा सामाजिक प्रभावमा सहयोग गर्ने उद्देश्यले आयोजित कार्यक्रममा यथार्थपरक काममा योगदान गर्न सहभागीलाई निम्तो दिइने छ ।

सेरेब्रल पाल्सी रोगबाट पीडिति बालबालिकालाई आवश्यक स्टेसनरी सामग्री, खेलौना र अन्य सामग्री उपलब्ध गराउन कार्यक्रममा सहभागीलाई प्रोत्साहन गरिने जनाइएको छ ।

यो कार्यक्रम लतिलपुर धापाखेलस्थित सेरेब्रल पाल्सी स्कुल पुगेर समापन हुनेछ, जहाँ सहभागीले बालबालिकासँग अन्तर्क्रिया गर्ने र उनीहरूलाई सहयोग प्रदान गर्न सक्ने लक्ष्मी ई–मोबिलिटीले जनाएको छ ।

कार्यक्रममा सहभागीलाई पुनः प्रयोग गर्न मिल्ने पुस्तक, खेलौना वा राम्रो अवस्थामा रहेको ह्विलचेयर ल्याउन प्रोत्साहन गरिने छ भने लक्ष्मी ई–मोबिलिटीले विद्यालयका लागि आवश्यक नयाँ स्टेसनरी सामग्री उपलब्ध गराउने छ ।

कायी नेपालले सबैलाई यो कार्यक्रममा सहभागी हुन आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?