+
+
Shares
फिल्म :

कर्णालीको कथामा ‘द्रौपदी’को मर्मस्पर्शी ट्रेलर सार्वजनिक

ऋषिराज आचार्य निर्देशित फिल्ममा कर्णालीको महिलाले भोग्नुपर्ने बुहार्तन, निःसन्तानको पीडा र शोषणको कथा समेटिएको छ । कर्णालीको सौन्दर्यमा लुकेको मानवीय संवेदनाको मर्म यसमा निहित छ ।

अनलाइनखबर अनलाइनखबर
२०८१ फागुन २३ गते १७:३८

काठमाडौं । यसवर्ष हामीले मीनबहादुर भाम निर्देशित ‘शाम्भाला’मा कर्णालीको बहुपतिप्रथाको कथा हेर्‍यौं । हलमा चलिरहेको ‘लाज शरणम्’ले कर्णालीलाई काठमाडौंसम्म जोड्ने प्रयत्न गरेको छ ।

यो मेसोमा कर्णालीको मर्मस्पर्शी कथा समेटेर फिल्म ‘द्रौपदी’ले शुक्रबार ट्रेलर सार्वजनिक गरेको छ । ऋषिराज आचार्य निर्देशित फिल्ममा कर्णालीको महिलाले भोग्नुपर्ने बुहार्तन, निःसन्तानको पीडा र शोषणको कथा समेटिएको छ । कर्णालीको सौन्दर्यमा लुकेको मानवीय संवेदनाको मर्म यसमा निहित छ ।

यो फिल्म यस महिना जर्मनीको अनलाइन फिल्म फेस्टिभल ‘प्याराडाइज’मा छनोट भएको छ । फिल्ममा आश्विनी शाही, रवि ओड, कविराज भाम, जेल्सन अधिकारी, सुजाता तिमल्सिना, बिस्णु ठडराई, प्रकाश ज्ञवाली, सीता बौडेल, सुरज अधिकारी र ऋषिराजको आफ्नै अभिनय छ ।

अनिल महर्जनको दृश्य सपादन, सौरभ शर्माको पाश्र्वसंगीत, मोहनकुमार झिल्लुको छायांकन छ । फिल्ममा समावेश ‘कर्णाली काटौंला’ शीर्षकको गीतमा रवि ओड र इन्द्रकला राइको स्वर छ । आरबी मूभिजमा बनेको फिल्मको सहनिर्मातामा ऋतु आचार्य र बिष्णु ठडराई छन् । निर्मातामा ऋषिराज र प्रकाश ज्ञवाली छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?