+
+
Shares
सेलिब्रेटी :

धेरैपछि सार्वजनिक कार्यक्रममा देखिइन् नम्रता श्रेष्ठ

शुक्रबार कार्यक्रममा देखिएकी नम्रताको हेयर स्टाइल र लुक्समा परिवर्तन देखिन्छ । कार्यक्रममा बोल्दै नम्रताले महिला र पुरुष दुवैजना मिलेको खण्डमा राष्ट्रलाई उच्च स्थानमा लैजान सकिने बताइन् ।

अनलाइनखबर अनलाइनखबर
२०८१ फागुन २३ गते १८:०१
कार्यक्रममा नम्रता श्रेष्ठ । तस्वीर सौजन्य : मदानी बिट्

काठमाडौं । लामो अन्तरालपछि अभिनेत्री नम्रता श्रेष्ठ सार्वजनिक कार्यक्रममा देखिएकी छिन् । धुलिखेल नगरपालिकाले ११५ औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा शुक्रबार आयोजना गरेको छलफल सत्र र सम्मान कार्यक्रममा उनी अतिथिको रुपमा सहभागि भएकी थिइन् ।

लामो समयपछि नम्रता सार्वजनिक कार्यक्रममा देखिएकी हुन् । उनी पछिल्लोपटक आफू अभिनित पछिल्लो फिल्म ‘जाइरा’को पत्रकार सम्मेलनमा देखिएकी थिइन् ।

शुक्रबार कार्यक्रममा देखिएकी नम्रताको हेयर स्टाइल र लुक्समा परिवर्तन देखिन्छ । कार्यक्रममा बोल्दै नम्रताले महिला र पुरुष दुवैजना मिलेको खण्डमा राष्ट्रलाई उच्च स्थानमा लैजान सकिने बताइन् ।

महिलाको सोचलाई सम्मान र साथ दिएको खण्डमा महिलाले जुनसुकै काम पनि गर्न सक्ने नम्रताको भनाई छ । उनले महिलालाई मात्र नभएर पुरुषलाई पनि उत्तिकै सेलिब्रेट गर्नुपर्ने बताइन् । ‘किनभने उहाँहरुको समानता र सशक्तीकरणको लागि पुरुषको पनि त्यत्तिकै हात हुन्छ । उहाँहरुको साथ भयो भने अगाढि बढ्न सकिन्छ’ उनले भनिन् ।

अघि भनिन्, ‘महिला पुरुष भन्दा पनि दुवैलाई सम्मान गर्न चाहन्छु म चाहिँ । दुवैजना मिल्यौं भने नगरपालिका मात्र नभएर राष्ट्र निर्माणलाई पनि उच्च स्थानमा लैजान सक्छौं ।’ सन् २००८ मा रिलिज भएको ‘सानो संसार’बाट नेपाली फिल्ममा डेब्यु गरेकी नम्रताले करिअरमा १७ फिल्ममा अभिनय गरेकी छन् । उनको पछिल्लो फिल्म ‘जाइरा’ थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?