२३ फागुन, काठमाडौं । बागमती प्रदेश स्केटिङ्ग तथा स्केटबोर्डिङ संघले ९ सदस्यीय तदर्थ समिति गठन गरेको छ । बागमती प्रदेश खेलकुद परिषदको कार्यालय त्रिपुरेश्वरमा सम्पन्न भएको भेलाले समिति गठन गरेको हो ।
बागमती प्रदेश खेलकुद परिषदको पछिल्लो सुचना अनुसार संघले दोस्रोपटक भेला गरि तदर्थ समिति गठन गरेको हो ।
समितिको अध्यक्षमा विकास लामा, उपाध्यक्ष बिक्रम रेग्मी, सचिव नरेन भासिमा, कोषाध्य्क्ष सुजित बोडे, सदस्यहरुमा सुनीत देउला, दयाराम अधिकारी, सुशान कार्की, माया छन्त्याल र ईश्वर सिंह रहेका छ्न।
भेलाले स्केट खेलको इतिहास, वर्तमान र आगामी भविष्य सहित छ्लफल गरेर यो खेल विकास, प्रचार प्रसार, प्रवर्द्धन र मर्यादित बनाउने प्रतिबद्धता गरेको छ ।
प्रतिक्रिया 4